स्क्वास र्याकेट्स संघको नेतृत्वमा ध्रुबबहादुर
काठमाडाैं | असार १७, २०८०
पोखरा: नेपाल स्क्वास एन्ड र्याकेट्स संघको नेतृत्व ध्रुबबहादुर गुरुङले पाएका छन्
संघको पाँचौ अधिवेशनमा मनोजबहादुर श्रेष्ठलाई हराउदै गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अब गुरुङले आगामी ४ वर्षे कार्यकालका लागि नेतृत्व सम्हाल्ने छन् ।
गुरुङ नेतृत्व समितिको उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन भए ।
यस्तै महासचिवमा लोकेन्द्रमान सिं भण्डारी, सहसचिवमा महेन्द्र महर्जन र कोषाध्यक्षामा शैलेश अमात्य चुनिए ।
कार्यसमिति सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार रहेका छन् ।
सो समारोहमाबीच होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका ६ खेलाडी अरहान्त केशर सिंह, अमृत थापामगर, अमिर ब्लोन तामाङ, कृष्णा थापामगर, विपना ब्लोन तामाङ र स्वस्थानी श्रेष्ठलाई सम्मान अर्पण गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

